stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखलाई पुनः सक्रिय बनाउने उद्देश्यसहित विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार बीमितहरूले समयमै नवीकरण बीमाशुल्क भुक्तानी गर्न नसक्दा निष्क्रिय हुन पुगेका बीमालेखलाई लक्षित गर्दै यो सुविधा ल्याइएको हो। आज वैशाख २२ गतेदेखि जेठ २२ गतेसम्मको अवधिमा आफ्नो व्यतित बीमालेख नवीकरण गरेमा लाग्ने सम्पूर्ण विलम्ब शुल्क (ब्याज) मा १०० प्रतिशत छुट प्रदान गरिनेछ।

यो छुट सुविधा नेपाल बीमा प्राधिकरण द्वारा जारी ‘जीवन बीमा निर्देशिका, २०७९’ को दफा ११ को उपदफा (२) र (३) अनुसार प्रदान गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो सुविधा बीमा अवधिभर एक पटक मात्र लिन पाइनेछ भने बीमालेखलाई निरन्तरता दिनका लागि मात्र छुट दिइने भएकाले पुनर्जागरण भएको मितिबाट दुई वर्षभित्र बीमालेख समर्पण (सरेन्डर) गरेमा छुटस्वरूप दिएको सम्पूर्ण विलम्ब शुल्क रकम कट्टा गरिनेछ। साथै बीमालेखमा उल्लेखित अन्य सामान्य शर्तहरू भने यथावत रहने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari