stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान हाइड्रोपावरको कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो।

शिखर पावरले गत चैत २२ गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ८४ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आइपीओमा २७ लाख ८४ हजार ५१९ आवेदन परेको थियो। त्यसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदकबाट माग भएको कुल २ करोड ९१ लाख ८२ हजार ६४० कित्ता शेयर सदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ६८ हजार ४७५ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यस हिसाबले कुल सदर आवेदनमध्ये २५ लाख ६७ हजार १५९ आवेदकको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्टको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

prabhu mahalaxmi
kumari