stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल मेडिकल काउन्सिलले बक्यौता नतिर्ने कलेजको दर्ता रोक्का गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विभिन्न प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूलाई विद्यार्थी भर्ना शुल्क बापतको बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ ।

काउन्सिलले स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन गराउने संस्थाहरूले विद्यार्थी भर्ना बापत बुझाउनुपर्ने रकम लामो समयदेखि बाँकी रहेको जनाएको छ । पटक(पटक ताकेता गर्दा पनि केही कलेज तथा प्रतिष्ठानले बक्यौता रकम नबुझाएकाले २१ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्न आग्रह गरेको हो ।

निर्धारित समयावधिभित्र रकम नबुझाउने संस्थाहरूका हकमा काउन्सिलले कडा कदम चाल्ने चेतावनी दिएको छ । काउन्सिलका अनुसार त्यस्ता कलेजहरूको विद्यार्थी परीक्षण दर्ता तथा विदेशी चिकित्सक तथा शिक्षकहरूको दर्ता प्रक्रिया रोक्का गरिनेछ ।

साथै, समयमै बक्यौता रकम नबुझाउने प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूको नाम र बाँकी रकमसहितको विवरण सार्वजनिक गरिने पनि काउन्सिलले जनाएको छ ।

prabhu mahalaxmi
kumari