ओमेगा क्यापिटल एडभाइजर्स प्रा.लि. लाई घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजतपत्र प्राप्त
काठमाडौं । ओमेगा क्यापिटल एडभाइजर्स प्रा.लि. लाई नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट घरजग्गा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र (इजाजतपत्र नं.:१८३५६०१)औपचारिक रूपमा प्रदान गरिएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं ।
प्रचलित कानून तथा नियमावली बमोजिम प्रदान गरिएको उक्त इजाजतपत्र अनुसार कम्पनीले तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रहरूमा कानुनी रूपमा घरजग्गा खरिद–बिक्री सम्बन्धी कारोबार सञ्चालन गर्न पाउनेछ । साथै, इजाजतपत्रमा तोकिएको शर्त अनुसार कम्पनीले एक पटकको कारोबारमा पाँच करोड रुपैयाँभन्दा बढी वा घटि जतिसुकै रकमको कारोबार गर्न सक्ने व्यवस्था रहेको छ ।
यस इजाजतपत्र प्राप्तिसँगै ओमेगा क्यापिटल एडभाइजर्स प्रा.लि. ले निम्न प्रतिबद्धता व्यक्त गर्दछः
प्रचलित कानून तथा नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्ने
पारदर्शी, जिम्मेवार र नैतिक व्यावसायिक अभ्यास अवलम्बन गर्ने
सुरक्षित तथा विश्वसनीय घरजग्गा कारोबार सेवा प्रदान गर्ने
ग्राहक तथा सरोकारवालाको हितलाई उच्च प्राथमिकता दिने
कम्पनी व्यवस्थापनले यस उपलब्धिलाई संस्थाको व्यावसायिक विश्वसनीयता, कानुनी वैधता तथा दीर्घकालीन विस्तारका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरेको छ ।
ओमेगा क्यापिटल एडभाइजर्स प्रा.लि. आगामी दिनहरूमा अझ गुणस्तरीय, पारदर्शी तथा कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछ ।
























