citizens life insurance long ad
stcnepal long ad

नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६को स्टल बुकिङ्ग खुल्ला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पहिलो संस्करणको अपार सफलता पछी, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रो पल्ट यही चैत्र ११ देखि १५ गते सम्मको पोखरा लेकसाइड, तालबाराही चोक स्थीत खेल मैदानमा नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसनद्वारा नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को आयोजना गरिने भएको छ ।

सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै आज फागुन १२ गते देखि १९ गते सम्म प्रदर्शनीकालागि स्टल बुकिङ्ग खुल्ला गरिएको छ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रा.लि. ले गर्ने छ भने स्टल बुकिङ्गका लागि इच्छिुक कम्पनी/संस्थाहरूले [email protected] वा 9801541538 मा सम्पर्क गरी जानकारी लिन सक्नु हुने छ ।

IME Life
kumari