stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

मञ्जुश्री फाइनान्सको २८औं शाखा काठमाडौंको थापाथलीस्थित आफ्नै भवनमा सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो २८औं शाखा काठमाडौंको थापाथलीस्थित आफ्नै भवनमा सञ्चालनमा ल्याएको छ ।

फाइनान्सले केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरेपछि बिहीबारदेखि सोही भवनबाट थापाथली शाखाको सेवा औपचारिक रूपमा सुरु गरेको हो ।

हालसम्म २७ वटा शाखा र एक एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको मञ्जुश्री फाइनान्सले ग्राहकहरूसँग अझ नजिक पुग्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । थापाथली शाखा सञ्चालनमा आएसँगै राजधानी क्षेत्रमा फाइनान्सको पहुँच थप सुदृढ हुने विश्वास कम्पनीले लिएको छ ।

पुस मसान्तसम्म मञ्जुश्री फाइनान्सले २४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सोही अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी २०.०३ रुपैयाँ रहेको छ । पुस मसान्तसम्म फाइनान्सको कुल नाफा १३ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari