stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

यस वर्षको एसइई चैत १९ गतेदेखि २९ गतेसम्म

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ । बोर्डले हिजो एसइईको तालिका सार्वजनिक गर्दै आउँदो चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुनेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

गएको वर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो भने यस वर्ष आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावका कारण यस वर्षको परीक्षा विगत वर्षभन्दा झन्डै १२ दिन पर सारिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डको तालिका अनुसार पहिलो दिन १९ गते अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम पत्रका विषय र २६ गते ऐच्छिक द्वितीय विषयका परीक्षा हुनेछन् ।

चैत २७, २८ र २९ गते भने प्राविधिक धार तर्फका पुराना र नयाँ पाठ्यक्रमको परीक्षा हुने बोर्डअन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।

जनक शिक्षा सामग्री केन्द्रले आउँदो फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइको काम गरिरहेको र एसइई परीक्षाको प्रश्नपत्र छाप्ने कार्य पनि जनकशिक्षाबाटै हुने भएकाले पनि परीक्षाको मिति केही दिनलाई सार्नु परेको बोर्डले जानकारी दिएको छ ।

एसइई परीक्षाका लागि यस वर्ष पाँच लाख १७ हजार विद्यार्थीले आवेदन भरेको जानकारी दिँदै बोर्डले गत वर्ष गत परीक्षामा नियमिततर्फ चार लाख २१ हजार ५ सय ८५ र ग्रेड वृद्धितर्फ ७५ हजार ५ सय ३९ जना विद्यार्थी सहभागी भएका थिए ।

prabhu mahalaxmi
kumari