stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयां चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई उनिहरूको करियर सुरुवातमा सहयोग पुर्‍याउने उद्देश्यले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आगामी २० मार्च २०२६ मा आयोजना गर्न लागेको छ। यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने संस्थाले विश्वास लिइएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको यस संस्था नेपालमा लेखा व्यवसायको नियमन र प्रवर्द्धन गर्ने स्वायत्त संस्था हो। यस क्याम्पस प्लेसमेन्ट कार्यक्रम मार्फत आइक्यानले दक्ष, इमान्दार र पेशागत रूपमा सक्षम चार्टर्ड एकाउन्टेन्टहरूलाई अग्रणी रोजगारदाता संस्थाहरूसँग जोड्ने उद्देश्य राखेको छ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू, उद्योग तथा उत्पादनमूलक संस्था, लेखापरीक्षण तथा परामर्श फर्महरू, विकास क्षेत्रका संस्थाहरू, स्टार्टअप तथा FinTech कम्पनीहरू तथा अन्य रोजगारदाताहरुको सहभागिता रहनेछ।

संस्थाले आयोजना गर्न लागेको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमको बारेमा संस्थाका अध्यक्षा सिए निल बहादुर सारु मगरले भन्नुभयो “नयां चार्टर्ड एकाउन्टेन्टहरूको करियर सुरुवातमा सहयोग गर्ने आइक्यानको दृढ विश्वास रहेकोछ। यो कार्यक्रम प्रतिभाशाली चार्टर्ड एकाउन्टेन्टहरूलाई उपयुक्त अवसरसँग जोड्ने तथा नेपालमा दक्ष, इमानदार र नैतिक लेखा विज्ञहरूको बढ्दो आवश्यकता पूरा गर्ने उद्देश्यले अघि बढाइएको हो।”

यस Campus Placement Program मा संस्था का नयां चार्टर्ड एकाउन्टेन्ट सदस्यहरू सहभागी हुनेछन् र रोजगारदाता संस्थाहरूसँग अन्तर्वार्ता तथा अन्तरक्रियाको अवसर प्राप्त गर्नेछन्।
आइक्यानको यस पहलले चार्टर्ड एकाउन्टेन्टहरूको करियर विकासलाई सशक्त बनाउनुका साथै संस्थाहरूलाई गुणस्तरीय लेखा तथा वित्तीय जनशक्ति उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

prabhu mahalaxmi
kumari