सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच राष्ट्रिय कार्ड स्विच अन्तर्गत नेपाल पे कार्डनेटवर्कका लागि सम्झौता
सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच NPS-National Card Switch अन्तर्गत Domestic Card Scheme -NEPALPAY Card को प्रमुख सदस्यताको लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रानुसार NPS-National Card Switch लाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो ।
सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज संज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।





























