एनसेलले सार्वजनिक गर्‍यो ’युवा सिम’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनसेलले जेनजी पुस्ताको सञ्चार आवश्यकतालाई लक्ष्य गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ । विद्यार्थी तथा युवा वर्गलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित  गर्ने उद्देश्य  सहित ल्याइएको  यो प्याक आजदेखि लागू भएको कम्पनीले जनाएको छ ।

करसहित २९९ रुपैयाँ मूल्य रहेको यो प्याकमा २८ दिनका लागि अनलिमिटेड एनसेल–टु–एनसेल कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीमा निस्शुल्क डेटा पहुँच तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’मा निःशुल्क पहुँच उपलब्ध गराइएको छ ।

यस प्याकमा अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलका लागि विशेष छुट समेत दिइएको छ । जसअनुसार प्रति मिनेट रु १ मा कल गर्न सकिनेछ। साथै, तोकिएको ५ जीबी डेटा सकिएपछि पनि ग्राहकले प्रति एमबी ५० पैसामा पे–एज–यू–गो डेटा निरन्तर प्रयोग गर्न सक्नेछन् ।

युवा सिमको अर्को विशेष सुविधाअन्तर्गत, ग्राहकले २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र रु। १९ मा खरिद गरी फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सक्नेछन्।

युवा सिम सार्वजनिक गर्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने, ‘युवालाई लक्षित गरी विशेष रूपमा तयार गरिएको ‘युवा सिम’ सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं। यसले युवालाई सधैं कनेक्टेड रहन सहयोग गर्नुका साथै डिजिटल भविष्य र शिक्षासँग जोड्न मद्दत गर्ने विश्वास लिएका छौं ।

युवा सिम लिन इच्छुकले नजिकको एनसेल सेन्टरमा गई नागरिकता वा ड्राइभिङ लाइसेन्स तथा विद्यार्थी परिचयपत्र पेस गर्नुपर्नेछ । नागरिकता वा लाइसेन्स नभएमा अभिभावकको सरकारले जारी गरेको परिचयपत्र र विद्यार्थी परिचयपत्रका आधारमा पनि सिम लिन सकिने एनसेलले जनाएको छ ।

यो प्याकको सेवा निरन्तर प्रयोग गर्न हरेक २८ दिनपछि पुनस् रु २९९ तिरेर प्याक नवीकरण गर्नुपर्नेछ। ग्राहकहरूले यो प्याक एनसेल एप वा ८१२३३ डायल गरेर खरिद गर्न सक्नेछन् ।

IME Lifesidebar
kumari