stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल मेडिसिटी हस्पिटलले नयाँ मास्कट ‘मेडी प्रसाद’ सार्वजनिक गर्‍यो 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल मेडिसिटी हस्पिटलले नयाँ वर्ष २०२६ को अवसरमा आफ्नो आधिकारिक मास्कट ‘मेडी प्रसाद’ सार्वजनिक गरेको छ। नेपालकै पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्वास्थ्य संस्थाले आम नागरिकसँग अझ नजिक रहने उद्देश्य सहित मास्कट सार्वजनिक गरेको जनाएको छ।

अस्पतालले ‘गुणस्तरीय स्वास्थ्य सेवा अब तपाईंको पहुँचमा’ भन्ने मूल नाराअनुसार अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सबै नेपालीको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको छ। साथै, उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाललाई नै मेडिकल हबका रूपमा विकास गर्ने दीर्घकालीन सोचअनुसार अघि बढिरहेको जनाएको छ।

मास्कट ‘मेडी प्रसाद’ सार्वजनिक गर्दै अस्पतालले ‘हेल्थ वेलनेस एड्भान्टेज २०२६’ योजना पनि सार्वजनिक गरेको छ। सो योजनाअन्तर्गत महिला स्वास्थ्य परीक्षण र पुरुष स्वास्थ्य परीक्षण दुवै प्याकेजको शुल्क रु ९ हजार ५०० तोकिएको छ। प्याकेजमा करिब ५० प्रतिशतसम्मको विशेष छुट समावेश गरिएको अस्पतालले जनाएको छ।

विश्वस्तरीय प्रविधि, अनुभवी चिकित्सक टोली तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवासहित सुलभ मूल्यमा स्वास्थ्य परीक्षण गराई नयाँ वर्ष स्वस्थ र सचेत रूपमा सुरु गर्न अस्पतालले आग्रह गरेको छ। यो विशेष योजना सन् २०२६ जनवरी १ देखि जनवरी ३१ तारिखसम्म लागू हुने अस्पतालले जनाएको छ।

prabhu mahalaxmi
kumari bank
kumari