stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

विश्वकप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा भएको छ ।नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका उदीयमान खेलाडी शेर मल्ल पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका छन् । यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् ।

नेपालको टोलीमा कप्तान पौडेलसहित, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने रहेका छन् ।

त्यसैगरी नन्दन यादव, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा विश्वकपका लागि समावेश छन् ।

टोलीमा राष्ट्रिय टोलिका नियमित सदस्य कुशल मल्ल भने परेका छैनन् । तेस्रो पटक टी–२० विश्वकप खेल्दै गरेको नेपाल विश्वकपमा समूह ‘सी’ मा परेको छ ।

कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेका छन् । नेपालले इङ्ल्याण्ड विरुद्ध माघ २५ गते पहिलो खेल खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ ।

कुल ५५ खेल हुने विश्वकपको फाइनल फागुन २४ गते हुनेछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो ।।

prabhu mahalaxmi
kumari bank
kumari