stcnepal long ad
global ime bank long

विजय लघुवित्तको एफपिओमा एफपिओमा आवेदन दिनेको ओइरो

पहिलो दिनमा नै ७ लाखले दिए आवेदन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओमा आवेदन दिनेको ओइरो लागेको छ । कम्पनीकपो एफपिओमा पहिलो दिन मै १८ गुणा बढीको आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साँझ ५ बजेसम्म ७ लाख १९ हजार २०९ जना लगानीकर्ताहरूले ८४ लाख ९३ हजार २६० कित्ताका लागि आवेदन दिएका छन्।

साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७४।३९ र २५।६१ रहेको छ। यस्तो अनुपात ७०ः३० कायम गर्नु पर्ने भएकाले त्यसका लागि कम्पनीले एफपीओ निष्कासन गरेको हो ।

यसका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरेको हो ।

आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

यो एफपीओ निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको कुल सूचीकृत शेयर संख्या ७९ लाख १७ हजार २२०।५९ कित्ता कायम रहनेछ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ।

IME Lifesidebar
kumari