stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नागरिक लगानी कोषको एकतीसौं वार्षिक साधारण सभा पुस ३० गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोषको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते आफ्नै केन्द्रीय कार्यालयमा एकतीसौं वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभाले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ।

त्यसैगरी कोषको सञ्चालक समितिमा एक जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्ने र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एकरएक जना प्रतिनिधि नियुक्त गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिल खारेज (बूक क्लोज) गर्ने जानकारी दिएको छ। साधारण सभा केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।

prabhu mahalaxmi
kumari