stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भुपु र प्रतिनाको अभिनयमा ‘धानको बाला’ (भिडियो)

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गायक भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बालाु को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो गीतले नेपाली माटो, संस्कृति र सम्बन्धको गहिरो अनुभूति बोकेको छ।

गीतका शब्द डीपी खनालले लेखेका हुन् भने संगीत संयोजन, एरेन्ज तथा मिक्सिङ बादल लिम्बुले गरेका छन्। गीतको रेकर्डिङ मुन्धुम स्टुडियोमा गरिएको हो।

म्युजिक भिडियोमा गायक स्वयं भुपु लिम्बु सँगै प्रतिना राईको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन अरुण न्यौपानेले गरेका हुन् भने सम्पादनको जिम्मेवारी अनिल रानाले सम्हालेका छन्।

‘धानको बाला’ले ग्रामीण जीवनको सुगन्ध, प्रेम र संवेदनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। नयाँ गीत ‘धानको बाला’को म्युजिक भिडियो गायक लिम्बुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतप्रेमी दर्शक तथा श्रोतालाई यो गीतले फरक अनुभूति दिने अपेक्षा गरिएको छ।

prabhu mahalaxmi
kumari