stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

१४ वर्ष उमेर पूरा नभई माध्यमिक शिक्षा परीक्षा–एसइई दिन नपाइने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । १४ वर्ष उमेर पूरा नभई माध्यमिक शिक्षा परीक्षा–एसइई दिन नपाइने भएको छ । शिक्षा मन्त्रालयले चार वर्षअघि लागू गरेको एसइई सहभागी हुने विद्यार्थीको उमेरसम्बन्धी थ्रेसहोल्ड संशोधन गरी १४ वर्ष उमेर पूरा नभई एसइई दिन नपाइने व्यवस्था गरेको हो ।

यो व्यवस्था यसै वर्षको एसइईदेखि लागू हुनेछ । विद्यार्थीहरूले १२ कक्षा पास गरे पनि १६ वर्ष उमेर पूरा नहुँदा प्रमाणपत्र पाउन समस्या हुने गरेपछि मन्त्रालयले शिक्षा नियमावली संशोधनमार्फत उमेरसम्बन्धी व्यवस्था संशोधन गरेको हो ।

शिक्षा मन्त्रालयले २०७८ सालमा शिक्षा नियमावली संशोधन गरी एसइईमा सामेल हुन विद्यार्थीको उमेर १४ वर्ष हुनुपर्ने प्रावधान हटाइएको थियो । त्यसयता १४ वर्ष उमेर नपुगेकाहरूले पनि परीक्षा दिँदै आएकोमा यस वर्षदेखि १४ वर्ष उमेर पूरा हुनै पर्ने व्यवस्था लागू गरिएको हो ।

जन्म दर्ता बनाउँदा उमेर घटाएकाहरूको सन्दर्भमा भने स्थानीय पन्जिकाधिकारीको कार्यालयबाट उमेर सच्याएर परीक्षा दिन सक्ने व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यो व्यवस्था गृह मन्त्रालयमार्फत एक पटकका लागि मात्र भएको बोर्डको भनाइ छ ।

एसइईमा उमेरको थ्रेसहोल्ड हटाइएयता कतिपय विद्यार्थीहरूले १५ वर्षमै कक्षा १२ पुरा गर्ने गरेका छन् । तर राष्ट्रिय परीक्षा बोर्डले १६ वर्ष पुरा नभएका विद्यार्थीलाई प्रमाणपत्र दिने गरेको छैन ।

जसले गर्दा हालसम्म झन्डै २ सय विद्यार्थीले प्रमाणपत्र पाएका छैनन् । १६ वर्ष उमेर पूरा नहुँदा प्रमाणपत्र पाउन समस्या हुने गरेपछि मन्त्रालयले शिक्षा नियमावली संशोधनमार्फत उमेरसम्बन्धी व्यवस्था संशोधन गरेको हो ।

prabhu mahalaxmi
kumari bank
kumari