stcnepal long ad
global ime bank long

सपोर्ट लघुवित्त वित्तीय संस्थाको १ लाख २२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ। कम्पनीको संस्थापक समूहको १ लाख २२ हजार ४४३.४५ कित्ता शेयर सर्वसाधारण समूहमा परिणत भएको हो।

कम्पनीले संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेकोमा नेप्सेले सोही बमोजिम मंसिर १५ गते शेयर अभिलेख गरेको हो।

नेप्सेमा यस कम्पनीको कुल १२ लाख २४ हजार ४३४.४९ कित्ता शेयर सूचीकृत रहेको छ। शेयर संरचना परिवर्तन भएसँगै अब कम्पनीका संस्थापक शेयरधनीसँग ७ लाख ३४ हजार ६६०.६९ कित्ता शेयर र सर्वसाधारणसँग ४ लाख ८९ हजार ७७३.८० कित्ता शेयर रहेको छ।

 

IME Lifesidebar
kumari