सुपर मादी हाइड्रोपावरको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सुपर मादी हाइड्रोपावरको आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज मंसिर १६ गते अन्तिम दिन रहेको छ।
हाइड्रोपावर कम्पनीले लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्दैछ। आज मंसिर १६ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।
हाइड्रोपावर कम्पनीले आफ्नो १६ औँ वार्षिक साधारण सभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ।
सोही साधारण सभाले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
जसमा ५ प्रतिशतले हुन आउने ११ करोड २ लाख ५० हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०।२६ प्रतिशतले हुन आउने ५८ लाख २ हजार ६३२ रुपैयाँ नगद लाभांश छन्।
साधारण सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद ल्याउने प्रस्तनाव पनि अनुमोदन गर्नेछ। हाल कम्पनीको चुक्तापुँजी २ खर्ब २० करोड ५० लाख रुपैयाँ रहेको छ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ पुग्नेछ। साधारण सभा काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुनेछ।






























