stcnepal long ad
global ime bank long

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्नो वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १६ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर १५ गते अन्तिम दिन रहेको छ।

यस बैंकको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत (प्रतिशेयर १९ रुपैयाँ) नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको थियो।

उक्त साधारण सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारश्रमिक निर्धारण गर्ने, सञ्चालकको भत्ता तथा सुविधामा वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि पारित गर्नेछ।

वार्षिक साधारण सभा मंसिर २९ गते सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि बस्दैछ।

 

IME Lifesidebar
kumari