citizens life insurance long ad
stcnepal long ad

आशा लघुवित्तको वार्षिक पुस ४ गते साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आउँदो पुस ४ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।

साधारण सभाले अन्य लघुवित्त वित्तीय संस्था गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधनका लागि नियमनकारी नियकाबाट प्राप्त सुझाव समेटेर कार्य अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव साधारण सभाले अनुमोदन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन र सञ्चालक समितिको वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ।

साधारण सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ संस्थाले मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साधारण सभा काभ्रेको धुलिखेल–६ स्थित होटल अरनिकोमा दिउँसो २ बजेबाट सुरु हुनेछ।

IME Life
kumari