stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

षडानन्द नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

भोजपुर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भोजपुरको षडानन्द नगरपालिका मा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रियामा तेस्रो पक्ष बीमाअन्तर्गत पर्ने विषयहरू, कर छुट, जीवन बीमाको बोनस गणना, कृषि तथा बाली बीमाका शुल्क र प्रक्रिया, जीवन बीमाको बचत तथा लगानी पक्ष, र कर्मचारीहरूलाई तोकिँदै आएका लक्ष्य ९टार्गेट० जस्ता विषयमा प्रश्न उठाइएका थिए।

षडानन्द नगरपालिका कि उप–प्रमुख प्रमिला राईले सबै नागरिक बीमासँग परिचित भए पनि यसको प्रभावकारी विस्तारका लागि स्थानीय तहले अग्रसर हुनुपर्ने आवश्यकता औँल्याइन् ।

उनले बीमाका शर्त, प्रक्रिया र सुविधाबारे स्पष्ट जानकारी दिनुपर्ने, कर्मचारी तथा अभिकर्ताबाट हुन सक्ने गलत अभ्यास रोक्न कडा नियमन आवश्यक रहेको र गतिविधिमा संलग्न मध्यस्थकर्तालाई कानुनी कारबाही गर्न सकिनेप्रति ध्यानाकर्षण गराइन् ।

उठेका प्रश्नहरूको जवाफ दिँदै प्राधिकरण प्रमुख प्रती देवले बीमा सेवा केवल लाइसेन्स प्राप्त कम्पनी वा अधिकृत व्यक्तिमार्फत मात्र लिन सहभागीहरूलाई आग्रह गरिन्।

दाबी दर्ता गर्दा घटनाको यथार्थ विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने र बीमा सम्बन्धी उजुरी अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था रहेको जानकारी उनले दिइन् ।

उनका अनुसार कृषि बीमामा सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको छ। निजीर्वन बीमामा क्षति मूल्यांकनका कारण दाबी भुक्तानीमा केही समय लाग्न सक्ने भएकाले धैर्य गर्न पनि उनले अनुरोध गरिन्।

कार्यक्रममा नगर उप–प्रमुख प्रमिला राई प्रमुख अतिथिका रूपमा सहभागी भइन्। वडा नं। ३ का अध्यक्ष साङ देम्बा राई, वडा नं. ९ का अध्यक्ष ङिमा शेर्पा, वडा नं. ८ का अध्यक्ष सुवास तामाङ, प्रस्तुतकर्ता सचिन राई र कार्यक्रम सञ्चालक मिलन पोखरेलसहित स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari