stcnepal long ad
global ime bank long

शिव श्री हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले कात्तिक २० देखि २७ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको शेयर बाँडफाँड गरेको छ।

कम्पनीले हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले लिलाम बिक्रीमा राखेको थियो।

बिक्री अवधिभर शेयर खरीदका लागि परेका गोप्य शिलबन्दी बोलपत्रहरू मंसिर ५ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो।

बाँडफाँडको अन्तिम मूल्य सर्वसाधारण समूहतर्फ प्रतिकित्ता १४० रुपैयाँ कायम भएको कम्पनीले जानकारी दिएको छ। उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ।

साथै बाँडफाँडमा नपरेकाहरूको रकम मंसिर ९ गतेदेखि नै आवेदकको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस मार्फत फिर्ता गर्न थालिसकिएको कम्पनीले जानकारी दिएको छ।

IME Lifesidebar
kumari