फोनपेले पारित गर्यो नगद लाभांश, आईपीओ जारी गर्ने
काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
फोनपे सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा भएको साधारण सभाले फोनपेका सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यसैगरी कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा सर्वसाधारणलाई सेयर निष्काशन गर्ने निर्णय समेत गरेको छ ।






























