stcnepal long ad
ime life insurance
national life
global ime bank long

तीन महिनामा ३५ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ३५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ३११ परियोजना मार्फत ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । असोजमा मात्र ५४ वटा परियोजनामार्फत चार अर्ब ९४ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

तीन महिनामा सात वटा ठुला, चार वटा मध्यम र तीन सय वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आउने गरेको छ ।

तीन महिनामा सबैभन्दा बढी पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस्तै उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ ।

सुरुदेखि हालसम्म सात हजार ५५० वटा उद्योगमा छ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता उच्च भए पनि सो अनुपातमा लगानी भित्रिन सकेको छैन ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ अर्ब लगानी प्रतिबद्धता आउँदा १२ अर्ब एक करोड रुपियाँ भित्रिएको थियो ।

IME Lifesidebar
kumari