stcnepal long ad
national life

इक्रा नेपालको ४७.३१ प्रतिशत लाभांश घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इक्रा नेपालले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ४७.३१ प्रतिशतका दरले ३ करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर ३ गते काठमाडौंमा दिउँसो ३ बजे १३औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभाले सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सञ्चालक समितिको निर्वाचन गर्ने, गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन पारित र चालु आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न पिकेएफ टि आर उपाध्या एण्ड कम्पनीलाई नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ ।

gold
kumari bank
kumari
nawakantipur long