stcnepal long ad
global ime bank long

आजदेखि एसवाई प्यानलको स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागिआईपीओ खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको छ।

कम्पनीले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा उद्योग प्रभावितलाई २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ४ लाख ९७ हजार ९२ कित्ता आईपीओ बिक्री खुला गरेको हो।

उद्योग प्रभावितका लागि खुला गरिएको आईपीओमा चितवनको रत्ननगर नगरपालिका सबै वडाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। यी आईपीओमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ।

आयोजना प्रभावितले असोज २१ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा आईपीओ निष्कासन तथा बाँडफाँडको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

IME Lifesidebar
kumari