stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालले आफ्नो १६औं वार्षिक साधारण सभा २०८२ आश्विन ३ गते सम्पन्न भएको छ ।

पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो ।

यहि असोज २ गते काठमाडौंको Aloft होटलमा सफलतापूर्वक सम्पन्न भएको सभामा MBAN का सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुका प्रतिनिधि र सदस्यहरुको उपस्थिति थियो ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को MBAN का गतिविधि र उपलब्धिहरुको समीक्षा गर्नुका साथै २०८२/८३ को वार्षिक कार्यक्रम र बजेटलाई अनुमोदन समेत गरेको छ  ।MBANले नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ ।

नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूबारे छलफल भएको थियो । सभाले एसोशिएसनको नाम तथा अन्य थप आवश्यक संशोधन गरेको छ ।

साथै कार्यक्रममा पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने नीतिगत विषयहरूमा पनि छलफल गरिएको थियो ।

 

prabhu mahalaxmi
kumari