stcnepal long ad
ime life insurance
global ime bank long

भ्रामक समाचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । विद्यमान परिस्थितिलाई लिएर नेपाली सेनासम्बन्धी विभिन्न प्रकारका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको अवस्थामा नेपाली सेनाले आफूले गर्ने गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ ।

सेनाले भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ । नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेनासम्बन्धी कुनै पनि जानकारीका लागि आधिकारिक स्रोतलाई मात्र आधार बनाउन सम्पूर्णलाई अनुरोध गर्दछौँ।”

साथै, सेना सम्बन्धी सूचना आदान–प्रदानका लागि सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने र स्थानीय तहमा तोकिएका पृतना हेडक्वार्टरहरूसँग पनि समन्वय गर्न सकिने जानकारी दिइएको छ ।

prabhu mahalaxmi
kumari