stcnepal long ad
global ime bank long

हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांंश सुरक्षित गर्ने आज (भदौ १२) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि भदौ १३ गते १ दिन बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउन सक्नेछन् ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारण सभाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, गत आवको सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, समूह ‘क’ को शेयरधनीका तर्फबाट ४ जना सञ्चालक निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन काम सभाले गर्नेछ।

त्यसैगरी कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने कामका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। साधारण सभा भदौ २५ गते, आम्रपाली ब्यांक्वेट, बालुवाटारमा बिहान १० बजेदेखि बस्नेछ ।

IME Lifesidebar
kumari