stcnepal long ad
global ime bank long

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा कडाइ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा कडाइ गरिएको छ । विमानस्थल सुरक्षा समितिले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रवेशका लागि यसअघि उपलब्ध गराउँदै आएको भिजिटर पास वितरण बन्द गर्दै विमानस्थल प्रवेशमा कडाइ गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “विमानस्थल प्रशासनले यसअघि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिस मार्फत भिजिटर पास वितरण गर्दै आएको थियो ।

यात्रु र यात्रुका आफन्तको सुविधाका लागि व्यवस्था गरिएको पासको दुरुपयोग बढेको, टिकट काउन्टरमा यात्रुको भिडभाड बढेको, भनसुन मार्फत कर्मचारीलाई दबाब बढेको र कर्मचारीबाट समेत पास वितरणमा लापर्बाही हुने गरेको भेटिएकाले हाललाई भिजिटर पास बन्द गरिएको हो ।”

विमानस्थलमा आफन्त पुर्‍याउन जाने यात्रुलाई वितरण गरिने सर्वसाधारणको भिजिटर पास बन्द गरिए पनि विशिष्ट व्यक्ति, स्थायी कर्मचारीलाई वितरण गरिने पास, विमास्थलभित्र प्रवेश गर्ने कामदार, विमानस्थलभित्र रहेका कार्यालयका कर्मचारीलाई वितरण गरिँदै आएको पास सुविधा भने यथावत् रहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि सर्वसाधारणले यात्रुसँगै टिकट काउन्टरसम्म पुगेर तोकिएकोभन्दा बढी भएको सामान फिर्ता ल्याउन सक्ने सुविधा थियो ।

मङ्गलबारदेखि सर्वसाधारणलाई टिकट काउन्टरसम्म जाने सुविधा बन्द भएपछि यात्रुले तौलमा बढी भएको सामान हेल्प डेस्कमार्फत आफन्तलाई बाहिर पु¥याउन सक्ने उहाँको भनाइ छ ।

त्यस्तै गरी व्यक्तिगत सहायता आवश्यक पर्ने यात्रु, वृद्धवृद्धा, फरक क्षमताका व्यक्ति, गर्भवती महिला तथा नाबालकलाई सम्बन्धित वायु सेवा कम्पनीले नै आवश्यक सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयो ।

IME Lifesidebar
kumari