माबिलुङ्ग इनर्जीको आइपीओ आज साउन २६ गतेदेखि निष्काशन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आज साउन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि बाँकी शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले कुल जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन अनुमति पाएको थियो ।

पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १ लाख ५० हजार ४७१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बाँडफाँट गरिसकेको छ ।

अब दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गरिनेछ । यसमा ३० हजार ९५ कित्ता शेयर कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध रहनेछ ।

आइपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आइपीओ भदौ ९ गतेसम्म खुल्ला रहनेछ भने छिटोमा साउन २९ गते बन्द हुने सम्भावना छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक, वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सिआस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले माबिलुङ्ग इनर्जीलाई “इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

IME Lifesidebar
kumari