stcnepal long ad
global ime bank long

आइएमई लाइफ अन्तर्गत ब्लाक डाइमन्ड ग्रुपद्वारा एजेन्सी म्यानेजर अवार्ड नाइट २०२५ भव्य रुपमा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको ब्ल्याक डाइमण्ड ग्रुपले कोशी प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम तथा एजेन्सी म्यानेजर र एमडीआरटी २०२६ लाई सम्मान गर्ने विशेष कार्यक्रम कन्यामस्थित शेर्पा होटलमा भव्य रूपमा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ पवन कुमार खड्का रहेका थिए । उनले कम्पनीको भविष्य रणनीति र हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै सहभागीहरूलाई आगामी दिनको मार्गदर्शन प्रदान गरेका छन् ।

विशिष्ट अतिथिका रूपमा तालिम विभाग सुनिल कुमार आचार्य र कोशी प्रदेश प्रमुख मिलन दाहालले सहभागीलाई प्रेरणादायी सन्देश प्रदान गर्दै ‘एजेन्सी र बीमाको सम्बन्ध’, ‘आजको जीवन बीमाको महत्व’ तथा ‘बीमा अभिकर्ताको उज्यालो भविष्य’ बारे गहन रूपमा प्रकाश पारेका छन् ।

कार्यक्रममा आइएमई लाइफका एमडीआरटी तथा ब्ल्याक डाइमण्ड ग्रुपका अध्यक्ष एवं चिफ एजेन्सी म्यानेजर नगेन्द्रकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो ।

कार्यक्रम सञ्चालन सिनियर एजेन्सी मेनेजर राम प्रसाद राईले गरेका थिए भने स्वागत मन्तव्य एजेन्सी मेनेजर हेमलाल आचार्यले गरेका थिए । साथै एमडिआरटी तथा सिनियर एजेन्सी मेनेजर कमल बहादुर गुरूङले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

आइएमई लाइफको पहिलो डबल एमडीआरटी मिना गुरुङ, चिफ एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजरहरू, शाखा प्रमुखहरू तथा शीर्ष टिमको उपस्थिति रहेको उक्त कार्यक्रममा ८५ जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो। दुईदिनको कार्यक्रमबाट सिकेका कुराहरूको बारेमा सहभागीहरूबाट पनि समीक्षा गरिएको थियो ।

कार्यक्रमले सहभागीहरूमा उत्साह, प्रेरणा र भविष्यप्रतिको विश्वास थप बलियो बनाएको हौसला प्रदान गर्नुहुदै बिमाको महत्त्व बुझाउनु पर्ने कुरामा जोड दिंदै अध्यक्ष नगेन्द्र कुमार श्रेष्ठले कार्यक्रम समापन गरेका थिए ।

IME Lifesidebar
kumari