stcnepal long ad
global ime bank long

आजबाट हिम स्टार ऊर्जा कम्पनीको आइपीओ बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज असार २४ गतेदेखि हिम स्टार ऊर्जा कम्पनीले दोस्रो चरणको आइपीओ बिक्री खुला गर्दैछ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका आइपीओ जारी गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ११ करोड १९ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ दरका कुल ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्नेछ।

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित बासिन्दाका लागि र सर्वसाधारणलाई छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ९३ हजार २५० कित्ता शेयर विदेशमा रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

कम्पनीले अब २ प्रतिशतले हुन आउने १८ हजार ६५० कित्ता शेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ४६ हजार ६२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्दैछ।

यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो आइपीओका निष्कासन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बैंकिङ समयपछि हुनेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ।

IME Lifesidebar
kumari