stcnepal long ad
global ime bank long

राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टदेखि लागु हुने गरी जापान र दक्षिणा कोरियासहित संसारका १४ देशबाट आउने सामानमा थप करको घोषणा गरेका छन्।

जापान र दक्षिण कोरियाबाट जाने सामानमा २५ प्रतिशत कर लगाइने छ। साथै उनले संसारका अन्य धेरै नेतालाई १ अगस्टदेखि नयाँ करको मापदण्ड तयार हुने चेतावनी दिइसकेका छन्।

धेरै देशको करको दायरा उनले अप्रिल महिनामा घोषणा गरे जस्तै थियो। ट्रम्पले सामाजिक सञ्जालमा करको नयाँ योजना सार्वजनिक गर्दै लेखेका छन्, ‘हाम्रो सम्बन्धमा रहेको उतारचढावसँगै यो धेरै र कम हुन सक्छ,।’

ट्रम्पले यो घोषणासँगै अमेरिकामा घरेलु उत्पादनले प्रश्रय पाउने दाबी गरेका छन्। ट्रम्पको यो दाबीका बाबजुद विश्लेषकहरूले व्यापार घट्ने तथा शेयरको बजारमा उतार चढाव आउने बताएका छन्। सोमबार टोयटाको शेयर चार प्रतिशतले घटेको छ।

गत वर्ष जापानले अमेरिकामा १४८ अर्ब डलरको सामान पठाएको थियो। अमेरिकामा सामान पठाउने जापान पाँचौँ स्थानमा छ। जापान भन्दा धेरै युरोपेली युनियन, मेक्सिको, चीन र क्यानडाबाट सामान जाने गरेको छ। दक्षिण कोरिया पनि शीर्ष १० मा पर्छ।

जापान र दक्षिण कोरियासँगै ट्रम्पले सोमबार घोषणा गरेको नयाँ करको दायरा अनुसार म्यानमारबाट अमेरिका जाने सामानमा ४०, कम्बोडिया र थाइल्यान्डका सामानमा ३६ तथा सर्बिया र बङ्गलादेशका सामानमा ३५ प्रतिशत कर लगाइएको छ।

इन्डोनेसियाका सामानमा ३२, दक्षिण अफ्रिकाका ३० तथा मलेसिया र ट्युनेसियाको सामानमा २५ प्रतिशत आयात करको घोषणा गरेका छन्।

ट्रम्पले अन्य देशको व्यापार नीतिले अमेरिकालाई घाटा भएको भन्दै त्यसलाई हेर्दै घोषणा गर्ने बताएका छन्।

यसैबीच अमेरिकाले बेलायत र भियनामामा वार्ता गरिरहेको छ भने चीनसँग पनि वार्ताको तयारी गरेको छ। अमेरिका अहिले भारतसँग नजिक भएको छ।

IME Lifesidebar
kumari