stcnepal long ad
ime life insurance
global ime bank long

एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

शुक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छ ।

एसइईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका चार लाख ३८ हजार आठ सय ९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार एक सय ७७, ३.२ देखि ३।६ जीपीएसम्म ८१ हजार तीन सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार एक सय २४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार चार सय ७९, २ देखि २.४ सम्म ल्याउने चार हजार एक सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले एक सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको बताउनुभयो । वर्गीकृत परीक्षार्थीको सङ्ख्या भने एक लाख ६७ हजार पाँच सय ९७ रहेको छ ।

यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए ।

prabhu mahalaxmi
kumari