stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गोङ्गबुमा यामाहाको नयाँ थ्री एस शोरुम

एउटै छाना मुनी सबै सेवा उपलब्ध हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यामाहा नेपालले काठमाडौंको गोङ्गबुमा नयाँ शोरुम विस्तार गरेको छ । सो क्षेत्रका लागि आधिकारिक विक्रेता मोटो क्राफ्टसंगको सहकार्यमा शुक्रबार सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको नयाँ थ्री एस शोरुम उद्घाटन गरिएको हो ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, एमएडब्ल्यू ग्रुप अफ कम्पनीका ग्रुप डाइरेक्टर गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवाल, टोखा नगरपालिका–९ का वडा अध्यक्ष राम भक्त घिमिरेको उपस्थितिमा शोरुमको उद्घाटन गरिएको हो ।

आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्स प्रालिले अब यामाहाको विश्वसनीय थ्रीएस अनुभव एकै छानामुनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । जसमा ग्राहकहरूले विस्तृत सेल्स कन्सल्टेसन र भर पर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पाट्र्सहरू एकै स्थानमा पाउन सक्ने समूह निर्देशक अग्रवालले बताए ।

‘यामाहा पर्फर्मेन्स, भर पर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड हो । गोङ्गबुमा मोटो क्राफ्ट्स प्रालि सुरु गरेर हामीले नयाँ शोरुममात्र खोलेका छैनौँ, बरू यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी हाम्रो उत्कृष्टताको प्रतिबद्धता फैलाइरहेका छौं । हामी सधैं पार्टनर र समुदायसँगै अगाडि बढ्नेमा विश्वास गर्छौ र यो शोरुम त्यसैको प्रतिबिम्ब हो,’ उनले भने ।

एमएडब्लु राइड्सका सीईओ अग्रवालले गोंगबुमा नयाँ थ्रीएस शोरुम सुरु गर्नु यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्याउने प्रयास रहेको बताए । सधैं ग्राहकको सेवा, पूर्वाधार र प्राविधिक क्षमतामा उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा अग्रसर रहेको उनको भनाइ छ ।

मोटो क्राफ्ट्सका कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले मोटो क्राफ्ट्सबाट उच्च गुणस्तरका यामाहा दुई पाङ्ग्रे सवारी साधनको बिक्री मात्र नभई भर पर्दो आफ्टर सेल्स सर्भिस मार्फत पनि उत्कृष्ट सेवा दिने बताए ।

सेल्सदेखि सर्भिस हुँदै हरेक चरणमा ग्राहक सन्तुष्टि सुनिश्चित गरेर प्रत्येक राइडरसँग दीर्घकालीन विश्वास निर्माण गर्नु कम्पनीको उद्देश्य रहेको उनको भनाइ छ ।

prabhu mahalaxmi
kumari