फरवार्ड माइक्रोफान्सको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्चले संस्थापक शेयर बिक्री गर्न लागेको छ । मञ्चले फरवार्ड माइक्रोफाइनान्समा रहेको आफ्नो ३ लाख ६२ हजार कित्ता शेयर बेच्न लागेको हो ।
यो शेयर संस्थापक शेयरधनीसहित जोकोही व्यत्तिः तथा संस्थाले खरिद गर्न पाउनेछन् । किनकि, यसअघि नै संस्थापक शेयरधनीका लागि मात्रै बिक्री खुलाइएको थियो ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर मूल्य खुलाई आवश्यक कागजातसहित सात दिनभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंमा निवदेन पेश गर्नुपर्नेछ ।
निवेदन प्राप्त भएपछि मात्रै बिक्रेतासँग समन्वय गरी खरिदकर्ता र बिक्रीकर्ताको आपसी सहमतिपछि मात्रै खरिदबिक्री प्रक्रिया अगाडि बढाइने क्याटिपटलले जनाएको छ ।