अभियान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा असार ३० गते आह्वान

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव सहित वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारण सभा, यही असार ३० गते ताम्राकार पार्टी भेन्यु, पनौतीमा मध्यान्ह साढे १२ बजे बस्नेछ ।
साधारण सभाले उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ । शेयरधनीलाई लाभांश भने नदिने भएको छ ।
साथै गत आर्थिक वर्षका सबै वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तलेअसार १६ गते १ दिन बुक क्लोज गर्ने भएको छ । त्यसैले असार १५ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै साधारणसभामा भाग लिन सक्नेछन् ।