stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विद्युतीय गाडीहरूका प्रिमियम एसेसरिज अब एकैठाउँमा

कालोपुलमा खुल्यो अटो पार्लर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रा.लि. सञ्चालनमा आएको छ । विभिन्न ब्रान्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसरिज एउटै छानामुनिबाट उपलब्ध गराउने र दिगो तथा स्वच्छ परिवहन प्रणालीमा योगदान पुर्‍याउने प्रमुख लक्ष्यका साथ काठमाडौंको कालोपुलमा अटो पार्लर सञ्चालनमा ल्याइएको हो ।

कम्पनीले ईभी गाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण एसेसरिजहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको गुणस्तरमा उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक राजिब केसीले जानकारी दिए। वातावरणमैत्री यातायात प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनेगरी सञ्चालनमा ल्याइएको अटो पार्लरले ईभीका प्रिमियम एसेसरिजहरू उपलब्ध गराउनुका साथै फिटिङ र बिक्रीपछिको सेवासमेत उपलब्ध गराउने जानकारी उनले दिए ।

केसीका अनुसार अटो पार्लरले तत्कालका लागि विभिन्न ब्रान्ड र मोडलअनुसारको एसेसरिजहरू उपलब्ध गराएको छ । बीवाईडी डल्फिन, बीवाईडी एट्टो–थ्री, एमजी फोर, दीपल, आयोन–वाई, नामी, एक्सपेङ जी–सिक्स, लिप मोटर, ओमोडा र ओरा गुड क्याटलगायत गाडीका सम्पूर्ण एसेसरिजहरू प्रिमियम क्वालिटीमा उपलब्ध रहेको उनको भनाइ छ ।

‘अहिले नेपाली बजारमा धेरै चलेका चिनियाँ कारहरूको एसेसरिज उपलब्ध गराएका छौँ । भविष्यमा जुन–जुन ब्रान्डले नेपाली बजारमा प्रभुत्व जमाउँदै जान्छ तिनै गाडीका एसेसरिजहरूको उपलब्धता बढाउँदै जानेछौँ,’ प्रबन्ध निर्देशक केसीले भने ।

उनका अनुसार अटो पार्लरमा मिरर कभर, डोल ह्याण्डिल, कभर, ह्याण्डिल वाउल, सिट कभर, स्टेयरिङ कभर, नेभिगेसन ग्लास प्रोटेक्टर, डोर सिल गार्ड, मोटर एन्ड ब्याट्री प्रोटेक्शन प्लेट, रनिङ बोर्ड, जेन्युइन ३६० क्यामेरालगायत एसेसरिजहरू उपलब्ध छन् । यसका अलावा आईसीई गाडीका एसेसरिजसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

अटो पार्लरमा ग्राहकलाई उपयुक्त एसेसरिज छनोट गर्न प्राविधिक सहयोगसमेत उपलब्ध गराइने प्रबन्ध निर्देशक केसीले बताए । गाडी तथा मोटरसाइकलको पर्याप्त पार्किङ सुविधासहित सञ्चालनमा ल्याइएको अटो पार्लरका

prabhu mahalaxmi
kumari