sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

दुई विदेशी सहित तीन निर्माण कम्पनी कालोसूचीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई विदेशी कम्पनी र एक नेपाली निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।

जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच(एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा कालोसूचीमा परेका छन्।

मरुशिन र पीएच(एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

prabhu bank
nawakantipur long