stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज सुन–चाँदीको भाउ उकालो लागे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबार सुन १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १९ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।

prabhu mahalaxmi
kumari