citizens life insurance long ad
stcnepal long ad

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट, यस्तो छ (पूर्णपाठ)

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको वार्षिक बजेट ल्याएको छ। आज अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त सदनमा सो बजेट प्रस्तुत गरेका हुन्।

कुल बजेमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २० दशमल ८ प्रतिश र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९ दशमल १ प्रतिशतको बजेट सार्वजनिक गरेका छन्।

जुन चालु आर्थिक वर्षको भन्दा ५ प्रतिशत ६ प्रतिशत बढी र संशोधित बजेटभन्दा १८ दशमलव २ बढी रहेको उनले बताएका छन् । बीमा कम्पनीहरुलाई ग्रामिण क्षेत्रमा पहुँच विस्तार गर्नका लागि निर्देशित गरिने सरकारले जनाएको छ ।

सम्पत्ती बीमाको दायरा विस्तार गरिने, सरकारले निजामती कर्मचारीले पाउँदै आएको महँगी भत्तावापतको रकम ५ हजार रूपैयाँ वृद्धि गरेको छ। यद्दपी सरकारले आधारभूत तलब चाहिँ वृद्धि गरेको छैन। सरकारले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन बिनाधितो २० लाखसम्म सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको जनाइएको छ।

सरकारले डिजिटल पैसा रकमान्तरमा लाग्ने मूल्य अभिवृद्धि कर (मुअकर) खारेज गरेको छ। सरकारले खेलकुद पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्रलाई आकर्षित गर्ने घोषणा गरेको छ।

IME Life



kumari