sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

करछली प्रकरणमा सुन्दर प्लाईउड इन्डष्ट्रिजविरुद्ध राजस्व अनुसन्धान विभागद्वारा मुद्दा दायर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले ठूलो परिमाणमा मूल्य कम देखाएर वस्तु आयात गरी कर छली गरेको आरोपमा रुपन्देहीस्थित सुन्दर प्लाईउड इन्डष्ट्रिज विरुद्ध उच्च अदालत, तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ ।

बुटवल भन्सार कार्यालय मार्फत भारतबाट ल्याइएको मालसामानको वास्तविक मूल्य लुकाएर भन्सार मूल्य कम देखाई कर छली गरिएको पाइएको विभागले जनाएको छ ।

कम्पनीका प्रोप्राइटर अशोक अग्रवालले गोप्य बैंक खाताको प्रयोग र कागजातमा हेरफेर गरी नियोजित रूपमा फर्जी कारोबार मार्फत कर छली गरेको प्रमाणसहित कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

विभागका अनुसार करछली, जरिवाना र अन्य शीर्षकमा कुल ३९ करोड ७ लाख ५६ हजार रुपैयाँभन्दा बढी असुल गर्न माग गरिएको छ । साथै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।

विभागले राजस्व चुहावट नियन्त्रण गर्न निरन्तर अनुगमन, अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।

prabhu bank
nawakantipur long