stcnepal long ad
ime life insurance
global ime bank long

सर्वोच्चद्वारा गभर्नर नियुक्तिमा कारण देखाऊ आदेश जारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बुधबार गभर्नरमा पौडेलको नियुक्तिमा कारण देखाऊ आदेश जारी गरेको हो। न्यायाधीश मुसलमानको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ।

हिजो मंगलबार अधिवक्तात्रय अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको गभर्नर बन्नका लागि विज्ञता नरहेको भन्दै पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए।

रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा सपथसमेत गराउने निर्णय गैरकानुनी भएको दाबी गरिएको छ।

prabhu mahalaxmi
kumari