stcnepal long ad
ime life insurance
global ime bank long

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स्  ORATION २०२५ सम्पन्न

टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथ डाईरेक्टरमा दिप्ती आचार्य निर्वाचित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

दिल्ली । नेपाल र उत्तर भारत सम्मिलित डिस्ट्रिक्ट ४१ को वार्षिक तीन दिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा गुरगाउँ, मेरिडियन, दिल्ली एनसिआरबाट डिस्ट्रिक्ट ४१ का टोस्टमास्टर्सहरु भेला भएका थिए ।

डिस्ट्रिक्ट ४१ द्वारा आयोजित सम्मेलनमा तीन सयभन्दा बढी सहभागीहरूको उपसस्थिति रहेको थियोे । नेपालकी मुनाल प्रधानले डिस्ट्रिक्ट डाइरेक्टरका रुपमा सो सम्मेलनको अध्यक्षता गरेकी थिइन ।

उक्त सम्मेलनमा सन् २०२५ जुलाईदेखि २०२६ का लागि टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ का लिडरहरूको चयन गरियोे । सम्मेलनले क्लब ग्रोथ डाईरेक्टरमा नेपालकी दिप्ती आचार्यलाई निर्वाचित गर्यो ।

त्यस्तै डिस्ट्रिक्ट डाईरेक्टरमा भारतका गौरव चौधरी र कार्यक्रम गुणस्तर डाईरेक्टरको रूपमा श्वेतांक शर्मा निर्वाचित हुनु भयो । उक्त सम्मेलनमा टेवल टपिक्स र अन्तर्राष्ट्रिय बक्तृत्वकला प्रतियोगिताहरू पनि आयोजना गरिएको थियो ।

टेवल टपिक्स बक्तृत्वकलामा नेपालकी सम्पदा रेग्मी प्रथम, साहिल बराल दोस्रो र देवांश तेस्रो भए । त्यसैगरी अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा, नेपालकी संस्कृति आचार्य प्रथम, श्रेया जैन द्वितीय र प्रसन्न श्रेष्ठ तृतीय भए ।

त्यस्तै कार्यक्रममा सन् १९९९ विश्व पब्लिक स्पिकिंग च्याम्पियन क्रेग भ्यालेन्टाइनले वक्तृत्वकला सम्बन्धित तालिम दिए भने प्राध्यापक डा. नीरजा पाण्डेले “नेतृत्वको जीवनमा महत्व” तथा “प्रभावकारी प्रस्तुति“ सम्बन्धित विषयमा बोल्नु भएको थियो ।

प्रेरणादायी मन्तब्यहरु, उच्च क्षमताका प्रतियोगिताहरु र नयाँ नेतृत्व चयनका साथ टोस्टमास्टर्सका सञ्चारसम्बन्धी मूल्यहरूको उच्च सम्मान गर्दै सम्मेलन सम्पन्न भयो ।

नेपालबाट विजयी भएकी संस्कृति आचार्यले अब क्षेत्रीय प्रतिस्पर्धामा भाग लिनेछिन् र सो प्रतिस्पर्धामा विजयी भएमा उनी विश्व वक्तृत्वकलाको फाइनलमा पुग्ने छिन् ।

prabhu mahalaxmi
kumari