हिमालयन रि रिइन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (वैशाख ८) अन्तिम दिन रहेको छ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भोलि र पर्सि (जेठ ९ र १०) शेयर बजार बन्द रहने भएकाले आजसम्म शेयरधनी बन्दा कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्न पाइनेछ ।
साधारण सभाले हाल कायम चुक्ता पुँजी १० अर्ब ४० करोड रुपियाँ बराबरको ४.५० प्रतिशतका दरले हुन आउने बोनस शेयर र कर प्रयोजनका लागि ०.२४ नगद गरी कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ । साधारण सभा जेठ २५ गते बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बस्दैछ ।