stcnepal long ad
ime life insurance
global ime bank long

ग्लोबल आइएमई लघुवित्तले मनायो ११ औं वार्षिकोत्सव

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले ११ औं वार्षिकोत्सव मनाएको छ । पोखराको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११ औं वार्षिकोत्सव मनाएको हो ।

ग्रामीण समुदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गरी समग्र देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउने छ ।

उक्त लघुवित्तले सहयोग गर्ने उद्धेश्यले २०७० जेठ ५ गते स्थापना भएको संस्थाले आज ११ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न जिल्लामा रहेका शाखा मार्फत मानव सेवा आश्रम÷अनाथालय÷बृद्धाश्रम÷साहारा घर लगायतका संस्थाहरुमा खाद्यान्न, कपडा तथा सहयोग साम्रगी वितरण गरेको हो ।

विपन्न वर्गसँग ११ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दी लगायत विनासकारी घटना तथा परिघटनाहरूको संरक्षणका विविध कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ । वित्तीय संस्थाको ५४ जिल्लामा १२० वटा शाखा र १,४९,००० भन्दा बढी सदस्यहरु रहेको जनाएको छ ।

prabhu mahalaxmi
kumari