stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेटवर्थ कम भएका १४ कम्पनीलाई धितोपत्र बोर्डले पाइपलाइनबाट हटायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारीमा रहेका १४ वटा कम्पनीलाई पाइपलाइनबाट हटाएको छ।

तीमध्ये ६ वटा जलविद्युत कम्पनीहरू रहेका छन्। बोर्डले ती कम्पनीहरूले आवश्यक आर्थिक मापदण्ड पूरा नगरेकाले हालका लागि सूचीबाट हटाइएको जानकारी दिएको छ।

हटाइएका कम्पनीमध्ये १३ ओटा कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम छ भने एक कम्पनीको विद्युत् खरीद सम्झौता (पीपीए) अवधि केवल ५ वर्षको छ।

पाइपलाइनबाट हटाएका कम्पनीहरूमध्ये एपेक्स हस्पिटालिटीले २४ लाख कित्ता, अर्किड होल्डिङ्ले १ करोड १५ लाख कित्ता, अन्नपूर्ण केवलकारले ३१ लाख कित्ता, ठमेल प्लाजा होटल एण्ड सुइट्सले १० लाख कित्ता निष्कासनको अनुमति मागेको थियो।

त्यस्तै सानिमा हाइड्रोपावरले १४ लाख ७० हजार कित्ता, रिचेत जलविद्युतले ११ लाख ७६ हजार ४५० कित्ता, बेनी हाइड्रोपावरले २० लाख ८० हजार कित्ता, लाफिङ बुद्ध पावर नेपालले ६५ लाख ७७ हजार कित्ता, युनिक हाइडेल कम्पनीले २२ लाख कित्ता र पुवाखोला–वान हाइड्रोपावरले १९ लाख ४६ हजार ६६० कित्ता आईपीओ निष्कासनको तयारीमा थियो।

त्यसैगरी एक्कर्ड फर्मास्यूटिकल्सले ७ लाख ६ हजार ९०९ कित्ता, सोपन फर्मास्यूटिकल्सले ११ लाख कित्ता, कान्तिपुर टेलिभिजन नेटवर्कले ७ लाख ५० हजार कित्ता र प्रभु हेलिकोप्टरले ६१ लाख २५ हजार कित्ता आईपीओ निष्कासनको माग सहित निवेदन दिएको थियो।

झन्डै डेढ वर्षअघि संसदको सार्वजनिक लेखा समितिले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न नदिन निर्देशन दिएको थियो।

बोर्डले सोही निर्देशन अनुरूप सूचीबाट हटाएको जनाएको छ। पछिल्लो समय बोर्डमाथि कमिसन मागेको आरोपमा अख्तियारले पनि छानबीन थालिसकेको छ।

prabhu mahalaxmi
kumari