stcnepal long ad
ime life insurance
global ime bank long

सवारी चालक अनुमति पत्र १० वर्षमा नवीकरण गर्न सकिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट लाइसेन्सको अवधि अब १० वर्ष हुने भएको छ। प्रतिनिधि सभाले पारित गरेको केही नेपाल ऐन संशोधन विधेयकमा सवारी लाइसेन्सको अवधि पाँच वर्षबाट १० वर्षसम्म हुने व्यवस्था गरिएको हो ।

हाल, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार, सवारी लाइसेन्सको अवधि पाँच वर्ष राखिएको छ, तर अबको संशोधनले यस अवधिलाई १० वर्षसम्मका लागि बनाएको हो।

प्रचलित ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधता सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ, जसमा चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म वैध रहने उल्लेख थियो।

तर, अब दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्द राखिएको छ ।

प्रतिनिधि सभाको अनलाइन तथ्यांक अनुसार सो विधेयक तत्कालीन कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले २०८० बैशाख २६ गते दर्ता गरेका थिए।

यसलाई दफाबार छलफलका लागि २९ भदौ २०८० मा विषयगत समितिमा पठाइएको थियो र समितिबाट पास भएर १४ वैशाख २०८१ मा सभामा पठाइएको विधेयकलाई हालै प्रतिनिधि सभाले पारित गरेको हो।

prabhu mahalaxmi
kumari