sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (वैशाख १४) अन्तिम दिन रहेको छ ।

जलविद्युत् कम्पनीले यसअघि चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म मात्रै आवेदन दिन पाउने भनेको थियो । तर केही शेयरधनीको आवेदन छुट भएको भन्दै सञ्चालक समितिको बैठकले समय थपेर वैशाख १२ देखि १४ गतेसम्म आवेदन दिन पाउने निर्णय गरेको थियो ।

जलविद्युत् कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद खुला गरेको छ ।

दरखास्त फाराम भने कम्पनीको कर्पोरेट कार्यालय, त्रिपुरेश्वर, बक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाडौं वा सानिमा बैंकका विराटनगर, पर्सा, कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमजुङमा पाइनेछ । सोही स्थानमा फाराम तथा रकम जम्मा गर्न सकिने बताइएको छ ।

हाल जलविद्युत् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपियाँ रहेकोमा हकप्रद निष्कासन र बाँडफाँटपछि २ अर्ब १० करोड ८५ लाख २० हजार रुपियाँ कायम हुनेछ ।जलविद्युत् कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

gold
prabhu bank
nawakantipur long